Tuesday, August 28, 2012

चल्छ राती राती

नारायण नेपाल
नसोध है किन छाति जल्छ राती राती
ज्वारभाटा समुन्द्रमा चल्छ राती राती

सम्झनाको साथी आज चन्द्रमा नै टिट्ठ्याउँछ
ओझेलको तिम्रो माया गल्छ राती राती

तोरीसँगै फुल्ने मेरो मन हुरी परेको छ
तिर्सनाले मथिंगल दल्छ राती राती

ओस पर्छ परेलीमा अतितले चुम्छ जब
बतलसँगै वर्तमान ढल्छ राती राती

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..