ताजमहलमा रङ्ग खन्याएछ कसले ?
सादा परिवेश रङ्गिन बनाएछ कसले ?
गतिशून्य, चुपचाप मौन थियो बस्ति
मसानमा उत्सव यहाँ मनाएछ कसले ?
युगौं विते उपवन फुलविहिन थियो
आफ्नै रगतले सिँची फुलाएछ कसले ?
श्वाश मेरो धन्य भयो नाचिरहेछ प्राण
बतासमा यो मिठो सुवास डुलाएछ कसले ?
शुलि चढ्दै , जहर प्यूँदै तलाँई थाहा छ नादिर ?
प्रेमको यो दिब्य धुन सुनाएछ कसले ?
साभार – अलिअलि मुच्र्छना अलिअलि होस्
भोजराज शर्मा नादिर
नेपालगंज
सादा परिवेश रङ्गिन बनाएछ कसले ?
गतिशून्य, चुपचाप मौन थियो बस्ति
मसानमा उत्सव यहाँ मनाएछ कसले ?
युगौं विते उपवन फुलविहिन थियो
आफ्नै रगतले सिँची फुलाएछ कसले ?
श्वाश मेरो धन्य भयो नाचिरहेछ प्राण
बतासमा यो मिठो सुवास डुलाएछ कसले ?
शुलि चढ्दै , जहर प्यूँदै तलाँई थाहा छ नादिर ?
प्रेमको यो दिब्य धुन सुनाएछ कसले ?
साभार – अलिअलि मुच्र्छना अलिअलि होस्
भोजराज शर्मा नादिर
नेपालगंज
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..