Monday, August 6, 2012

गाईजात्रे हाल

पीडाले पीडा त हरेको मान्छे
नारायण नेपाल
अश्रुको दह ल तरेको मान्छे,

के दिन्छौ अझै सिद्ध्याउने धम्की ?
आफू त पैल्यै छ मरेको मान्छे !

भो बन्द गर्छौ कि घुर्की र फूर्ती
नौटंकी नाना म गरेको मान्छे ।

बेला छ तिम्रो सके लेऊ भर्ती
गाईजात्रे हाल नपरेको मान्छे !


र पनि भन्छौ त जीवनसाथी
यस्तै छु स्वीकार "अरे" को मान्छे !

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..