Sunday, August 5, 2012

सकिदै सकिन्न

मौसमजी भण्डारी
हावालाई देख्न सकिदै सकिन्न 
आगोमाथी टेक्न सकिदै सकिन्न

अध्यात्मिक कुरा जति गरेपनि
स्वर्गमा भेट्न सकिदै सकिन्न

तस्बिर पठायौ ति याद भुलाउन
ब्यग्र प्यास मेट्न सकिदै सकिन्न

मन्दिर,मस्जिद हरेक ठाउ खोज
भगवान भेट्न सकिदै सकिन्न

तिम्रो गजलको यो मानेमा डाहा छ
यति साह्रो लेख्न सकिदै सकिन्न


बाँच्न सिकाउनेले यसो भन्दैछन
अब पिडा थेग्न सकिदै सकिन्न

- २०१२ जुलाई २६

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..