Friday, June 15, 2012

एउटा गजल

-घायलश्री पर्वत
लेखेको छु एउटा गजल मात्र तिम्रा लागि
लेख्दा नयन भए सजल मात्र तिम्रा लागि

मैले त भोगेको छु झुपडीका ब्यथाहरु
यहाँका सारा महल मात्र तिम्रा लागि

सिउँडी र तितेपाती मेरा सहयात्री हुँदा
पोखरीका सुन्दर कमल मात्र तिम्रा लागि

पुरा होलान् या नहोलान् मनका चाहहरु
रबी छुने मेरो रहर मात्र तिम्रा लागि

आऊ राज गर यो दिल खाली छ
मन भित्रको सिंगो शहर मात्र तिम्रा लागि


नभन्नु ‘घायल’ ले साहित्यको उत्थान गर्‍यो
कनी कुथी लेख्ने पहल मात्र तिम्रा लागि

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..