Thursday, June 14, 2012

चर्चित पाकिस्तानी गजल गायक मेहन्दी हसनको निधन

मेहन्दी हसन
      चर्चित पाकिस्तानी गजल गायक मेहन्दी हसनको ८४ वर्षको उमेरमा  पाकिस्तानको एक निजि अस्पतालमा निधन भएको छ । करिब १२ बर्षदेखी दमलगायत बिभिन्न रोगबाट पिडित उहाको बुधबार मध्यान्ह उपचारका क्रमाम निधन भएको हो । गजललाई बिश्वस्तरमा चिनाउन उल्लेखनीय भुमिका निर्वाह गर्नुभएका हसनलाई किङ्ग अफ गजल नामले पनि चिन्नेगरिन्छ । ४० को दशकको सूरुको बर्ष एक साता लामो सागितिक कार्यक्रमका लागि काठमान्डौ आउनु भएका हसनले गीतकार चादनी शाहका ६ ओटा गितलाई उर्दुमा रुपान्तरण गर्दै स्वर दिनुभएको छ ।
     मेहन्दी हसन थुप्रैका प्रेरणका श्रोत थिए । चर्चित भारतिय गायीका लताले उनीसंग गीत गाउन नपाएकोमा दुखः ब्यक्त गर्नु भएको छ । हिन्दुस्तान टाईम्ससंग छोटो अन्र्तवार्तामा हसनको स्वास्थ्य ठिक छदैं उनीसंग गित गाउने रहर भएपनि पुरा नभएको बताइन् ।
उनको निधनले गजल क्षेत्रको एउटा सिंगै पुस्ता नै अवसान भएको भान भएको छ । उनको शरिर हामी माझ नरहे पनि उनका गजलका माध्यमबाट उनी सधैंब गजलप्रेमीको मुटुमा राज गरिरहनेछन् ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..