Tuesday, June 19, 2012

तिम्रो पर्खाइमा

जनक डि.सी.
कता भुल्यो भुल्यो मन तिम्रो पर्खाइमा
छटपटिमै डुल्यो मन तिम्रो पर्खाइमा ।

सजियौ की भनि तिमी कतै बगैचामा
काँडा बिचै फुल्यो मन तिम्रो पर्खाइमा ।

दिनको ढोका बन्द गर्थे गोधुली ती साँझहरु
अंकुरित भै खुल्यो मन तिम्रो पर्खाइमा ।

पत्थर झै कडा छ मन यो भने पनि
माया भित्र घुल्यो मन तिम्रो पर्खाइमा ।


1 comment:

  1. जनक जी कसको पर्खाईमा हो त्यो पनि खुलाउनु परो आगामी गजलमा ... जे होस् मिठो गजल ...

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..