Saturday, June 23, 2012

गजल सन्ध्याको गजल वाचन

पोखरा, ९ असार
            गजल सन्ध्या पोखराको आयोजनामा शनिबार पोखरामा नियमित गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । गजल वाचन कार्यक्रममा बोल्दै गजलकार कृष्ण उदासीले पोखरेली गजल विस्तारै समय अनुसार परिवर्तन हुँदै गइरहेको बताउनुभयो ।
            कार्यक्रममा बोल्दै गजलकार रुपिन्द्र प्रभावी ‘कटु’ले गजल सन्ध्या पोखरा पोखरेली गजलको पाठशालाको रुपमा स्थापित हुन सफल भएको भनाइ राख्नुभयो ।
       कार्यक्रममा कृष्ण उदासी, गजलकार रुपिन्द्र प्रभावी कटु, कपिल शर्मा संजोग, मन क्षेत्री, कृष्ण देवकोटा, सरस्वती प्रतिक्षा, प्रकाश ज्ञवाली, अर्जुन पौडेल ‘निर्जन’, रामेश्वरी पन्त, सुरेन्द्र पौडेल ‘रोहित’, अमृत सुवेदी ‘गुराँस’ अर्जुन अधिकारी, सरला लामिछाने ‘सरु’ लगायतले समसामयिक विषयमा गजल वाचन गर्नुभएको थियो ।
        त्यस्तै कार्यक्रममा परिवर्तन, विष्णुप्रसाद वास्तोला, कृष्ण थापा मगर, विर्सना बस्नेत, सुदर्शन अधिकारी, बलराम पूर्णविराम, सन्ध्या अधिकारी, अम्बिका भण्डारी, श्यामसुन्दर अधिकारी, मुक्तिराम रेग्मी, पवित्रा भण्डारी पारु, प्राञ्जल, सञ्जय बराल, माया कुवँर लगायतले गजल वाचन गर्नुभएको हो ।
     गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..