Saturday, January 28, 2012

रचनावाचन सम्पन्न

माघ  १३, पोखरा
         प्रगतिशिल वाङ्मय प्रतिष्ठान पृथ्वीनारायण क्याम्पस पोखराको ३९औं नियमित रचनावाचन सम्पन्न भएको छ ।
    प्रतिष्ठानले हरेक महिनाको दोस्रो शुक्रवार आयोजना गर्ने रचनावाचनको सो श्रृखलामा नवराज बराल, राजकुमार घिमिरे, सौगात सङ्घर्ष, फूलमाया गर्बुजा, शिव सुवेदी, दीपक पराजुली, राजिन पनेरु, शिव पलाँस, फडिन्द्र अकिञ्चन, मदन भण्डारीलगायतले आआफ्नो रचनावाचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार यामबहादुर पौडेल क्षेत्री, मदन भण्डारी, साहित्य श्रृखलाका संयोजक भीम रानाभाटले बोल्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष शंकर गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संञ्चालन सह–सचिव नवराज चिन्तनले गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..