Thursday, January 26, 2012

लमजुङ महोत्सवमा क्षेत्रीय मुक्तक प्रतियोगिता हुने

रुपिन्द्र प्रभावी
      लमजुङको बेसीसहरमा यही फागुन ५ देखि ११ गतेसम्म लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा हुने तेस्रो लमजुङ महोत्सव २०६८ को अवसरमा पश्चिमाञ्चल क्षेत्रस्तरीय मुक्तक प्रतियोगिता हुने भएको छ ।

      प्रतियोगिताका लागि पश्चिमाञ्चलका १६ वटै जिल्लाबाट रुवाई शैलीका ६ वटा मुक्तक यही माघ २५ गतेभित्र पठाइसक्नुपर्ने प्रावधान राखिएको लमजुङ महोत्सव, २०६८ को साहित्य तथा नाट्य उपसमितिका संयोजक नवीनचन्द्र घिमिरेले बताउनुभयो । प्राप्त मुक्तकहरुमध्ये उत्कृष्ट २० लाई वाचनका लागि आमन्त्रण गरिने र प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु. ७ हजार, ५ हजार र ३ तथा सान्त्वना पुरस्कारस्वरुप २ जनालाई १ हजार २ सय ५० सहित प्रमाणपत्र प्रदान गरिने पनि संयोजक घिमिरेले जनाउनुभयो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..