Thursday, January 26, 2012

अक्षरयात्रा प्रतिभा पुरस्कार कटुलाई दिइने

रुपिन्द्र प्रभावी ‘कटु’
सुरेन्द्र पौडेल
गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराद्वारा सञ्चालित अक्षरयात्रा प्रतिभा पुरस्कार २०६८ युवा साहित्यकार रुपिन्द्र प्रभावी ‘कटु’लाई प्रदान गरिने भएको छ ।

साहित्यकारद्वय कृष्ण देवकोटा र गोविन्द गिरीद्वारा स्थापित सो पुरस्कार हरेक वर्ष पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा नियमित सहभागी भएर विशेष योगदान पु¥याउने साहित्यकारहरुलाई प्रदान गरिने पुरस्कार हो ।

लमजुङको समिभञ्ज्याङमा जन्मिएर एक दशकभन्दा बढी समय साहित्य र पत्रकारितामा विताएका कटु विगत ५ वर्षभन्दा बढी समयदेखि नियमित अक्षरयात्राका कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । कटु यसअघि बाबा साहित्य साधक सम्मान, डिट्ठा श्रीप्रसाद स्मृति पुरस्कार, गण्डकी अञ्चलस्तरीय उत्कृष्ट लघुकथाकार पुरस्कार लगायतबाट सम्मानित भइसक्नुभएको छ ।
गजल सन्ध्या र नवनीत साहित्य सागर पोखराद्वारा साहित्यकार कृष्ण उदासीको संयोजकत्वमा गठित अक्षरयात्रा प्रतिभा छनोट समितिको सिफारिसमा कटुलाई सम्मान गर्ने निर्णय भएको हो । कटुलाई माघ महिनाको तेस्रो शनिबार २१ गते पोखराको डेविड फल्स्समा सञ्चालन गरिने अक्षरयात्राका अवसरमा सम्मान गरिने सन्ध्याका सचिव सुरेन्द्र पौडेल ‘रोहित’ले जानकारी दिए । कटुलाई वरिष्ठ साहित्यकार प्राज्ञ सरुभक्तले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..