Thursday, January 26, 2012

नयावर्ष

प्रेम राना
 भर्खर मैले.....
 च्यातेर मिल्काईदिए
 मेरो देशको भित्तामा
टासिएर बसेको २०११ को
त्यो थोत्रो क्यालेन्डर ......

राजनीतिक खिचलो
महंगी,हत्या,हिंसा,...
 लुटपाट,अपहरण,बलात्कार
उफ़ हेर्दै....
 घिनलाग्दो गरि
तछाडमछाड गर्दै
२०१२ मा प्रबेश गर्न
आतुर......
लाखौ करोडौ नेपालीहरुको
भबिस्य माथि .....
खेलबाड गर्न तम्तयार
बन्न नसकेको संबिधान
शान्ति खल्बलाउने ति
सबै तव्वहरुलाई मिल्काई दिए
अब  कसैले.....
 नराम्रो आखाले हेर्न सक्ने छैन
 मेरो देश माथि ......
फुल्ने छैन गुरासहरु
लेकतिर बम र बारुद बोकेर
 हिमालको मुन्तिर
गुरास फुल्ने पाखाभरि
 स्वतन्त्र भएर पंखा फिजाई-फिजाई
नाच्नेछ.......
 डाफे, मुनाल र मयुरका हुलहरु
घास दाउरा गर्न
 बन गएका चेलीहरु
लुटिनु पर्ने छैन
अब परदेशिनु पर्ने छैन
नेपाली युवाहरु
अर्काको देशमा गुलामी बन्न
अब ढुक्क हुनु
 हाम्रो देशको
भबिस्य उज्वल छ
नपत्याए  हेर ऊ
पूर्वको छितिजमा..
 घामको पहिलो झुल्को सगै
 मेरो देशको मुहार फेर्न
आएको छ
 नयावर्ष .......

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..