Monday, December 26, 2011

नेपालगंजमा नेपथ्य व्याण्डको कन्सर्ट

यहि पुस २५ गते नेपालगंजमा नेपथ्य व्याण्डको भव्य कन्सर्ट हुने भएको छ । स्थानिय वागेश्वरी चलचित्र मन्दिरमा हुने उक्त कन्सर्टमा नेपथ्य व्याण्डका चर्चित गायक अमृत गुरुङको नेतृत्वमा कलाकार र वाद्यवादकहरुको टोली सहभागी रहने छ । यो लाइभ म्युजिक कन्सर्ट हो । अन्तराष्ट्रिय स्तरको कन्सर्ट गर्दै देश भित्र र वाहिर उत्तिकै ख्याति कमाएको नेपथ्य व्याण्ड नेपालगंजमा पहिलो पटक आउन लागेको हो ।
         इभेन्ट म्यानेजमेन्टमा सक्रिय नेपालगंजको अन्तराल मिडिया र कोहलपुर चप्परगौडी स्थित दीपज्योति विद्याश्रमको आयोजनामा यो कन्सर्ट नेपालगंजमा हुन लागेको हो । व्यवस्थापनमा नेपालय स“ग सहकार्य गरिएको छ । उक्त कन्सर्ट लाई शान्तिकालागि शिक्षा नाम दिइएको छ ।
          कन्सर्टका लागि २ ट्रक सामान सहित ५० जना वढीको टोली एक दिन अगावै नेपालगंज आइपुग्ने छ । वेलुकी ३ बजेदेखि हल भित्र स्टेज निर्माण, लाइट र साउण्ड सिस्टमको व्यवस्थापन शुरु गरिने छ । पुस २५ गते दिउ“सो ठिक ३ बजे कन्सर्ट शुरु हुनेछ भने १ घण्टा अघिदेखि प्रवेशद्धार खुल्ने छ ।
    नेपथ्य व्याण्डले सबै पुस्ताको मन छुने गीतहरु गाउदै आएको छ । नेपालगंजमा हुने कन्सर्टमा नेपथ्यले, ‘छेक्यो छेक्यो देउराली डा“डा हुस्सु र कुहिरोले, रेशम, उडायो रेलैले, भेडाको ऊनजस्तो, सा कर्णाली, यानीमाया, तालको पानी, आइज निदरी आइज, र¨िन चरा, रातो र चन्द्रसुर्य, तिमी देउ तिम्रा हातहरु’ लगायतका चर्चित र कर्णप्रिय गीतहरुवाट मनोरञ्जन दिने अन्तराल मिडियाले जनाएको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..