Monday, December 26, 2011

अर्जुनको ‘प्रतिभा’ विमोचित

पोखरा, १० पुष  बाल साहित्यकार अर्जुन अधिकारीको लेख तथा कविताको संकलन प्रतिभाको मानवअधिकारवादी कपिल श्रेष्ठले शनिवार एक समारोहविच विमोचन गरेका छन् ।
      सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले सवल र सम्पन्न राष्ट्र निर्माणका लागि राज्यले बालमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए । वि. स. २०५६ मा कास्कीको ल्वाङघलेलमा जन्मिएका वाल साहित्यकार अधिकारी एसओएस हर्मन माइनर स्कूल रामबजार, पोखरामा कक्षा ७मा अध्ययनरत छन् । कार्यक्रमा महिला मानवअधिकार रक्षक समाज कास्कीकी सचिव प्रमीला तझ्या, अधिवक्ता सुरेन्द्र थापामगर, लक्ष्मण तिमिल्सिना, बसन्त गौतमलगायतले बोलेका थिए । छुनुमुनु पब्लिकेशन लिमिटेडमा प्रवन्ध निर्देशक रविराज बसौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आयोजना वाल हेल्पलाइन पोखरा, महिला मानवअधिकार रक्षक समाज पोखरा र छुनुमुनु पब्लिकेशन लिमिटेड पोखराले संयुक्त रुपमा गरेका थिए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..