Monday, December 26, 2011

फुटकर कबिता

प्रेम ओली
१) प्रध्यापक
किताबि ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफुले भन्दा
अरुलाई धेरै काम गराउदै
थोर बहुत कमाएको
आफ्नै बखानमा रमाएको
एकतारे बाजा ।

२)  ब्यापारि
यताको उता
उताको माल यता झारी
बस्तुहरुको शङ्कट पारी
ग्रहाकहरुलाई थलापारी
आफ्नो दुलो भर्ने
धान खेतको मुसो ।

३)अस्पताल
सरकारी सबै
गोठशाला
निजि सबै
नोटशाला ।

४)मन्दिर
नोट बहादुरलाई माला
कोट बहादुरलाई टिकाटाला
लोक बहादुरलाई ताला ।

५) बिधालय
सरकारीमा हेर्दा
पक्ष छैन
निजिमा हेर्दा
प्रतिपक्ष छैन
सरकारीको कुनै
लक्ष्य छैन
निजिमा पढाउन
सबैको गक्ष छैन ।

६) नगरपालिका
न गर्छ केही
न पाल्छ केही
गर्नु नहुने काम
थाल्छ यही
टायर मुढा
बाल्छ यही
पर्खाल रेलिङ्ग
ढाल्छ यही
सभ्यताको शहरमा
सडक भरी फोहर
फाल्छ यही ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..