Sunday, December 18, 2011

"यात्रा"

रामकृष्ण पौडेल"अनयास"
पर्खि एकछिन् कता डोर्याउँछस् कलम
अनि मेरा भावना र कल्पना प्रष्ट सँग
छताछुल्ल,पर्दाफास गर्न अविरल दौडिरहेको
लक्ष्य बिहीन यात्रा कहाँ टुङ्गाउने हो ।
म आफै अन्योल छु ।
सारा जन्ता लाई झुक्याएर नेताको
आँङ र आँतको प्यासलाई मेटाएर पुगेन र तलाई ?
मेरो आँसु र ह्रदयमा भरिएको पिडा र ब्यथालाई
कपिमा रङको होली खेल्न
मेरै घरमा धाउछस् !
जा कलम छिट्टै जा मुत्ति
दे सारा नेपालि लाई
बसिदे नेताको हातमा र
लेखिदे चार अक्षर ।

भरतपुर- 13, गजलकुन्ज, चितवन

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. म आफै अन्योल छु ।
    सारा जन्ता लाई झुक्याएर नेताको
    आँङ र आँतको प्यासलाई मेटाएर पुगेन र
    khoj talas gara YATRA timi
    म आफै अन्योल छु ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..