Thursday, December 15, 2011

घुस (गुलेली )

प्रेम ओली
खाऊ भने सरुवा हुने डर
नखाऊ भने छेरुवा भनिने डर
तिमीले मागेर खान्छौ होला
त्यसैले तिमीले खाएको घुस
अफुले त पाईन्छ र खाइन्छ
त्यसैले मैले खाएको खूस ।

नखानेहरु यहाँ
न टिक्छ न बिक्छ
जस्ले खाँदैन खुवादैन
त्यसैलाई बिभागले झिक्छ
बिभाग पनि त खानेहरुलाई हो
नखानेलाई त बिना बिभागीय ठिकछ ।

टन्न हसुर्न सक्नेलाई यहाँ
टनका टन घुस छ
त्यो पनि पचाउन नसक्नेहरुलाई
स्याउ अनारको जुसछ
यहाँ नखाएर कस्को महल बन्छ र ?
नखानेको मात्र छानामा फुसछ
यहाँ त
खानेहरु  बुद्दिमान
खानेहरुकै अभिमान
नखानेको बुद्धीमा भुस छ
दिनेले दिएकाछन र
खानेहरुले पनि खाएकाछन भने
नखानेको मुख किन ठुस ठुस छ ।

त्यसैले
पाईन्छ भने रोजी रोजी खाऊ
पाइन्न्न भने खोजी खोजी खाऊ
तर जसरी पनि खाऊ
नत्र भने नखानेहरुलाई कम्फु कराते हुसछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..