Thursday, December 15, 2011

कुल घरान जात थियो

रामकृष्ण पौडेल "अनयास
उन्को मेरो बिचमा दिवार कुल घरान जात थियो
एउटै धुरि चुलो चोको आकाश पाताल बात थियो ।

जस्लाई जति लेखेको छ भाग्यको नै दोष भन्दै
उन्को महल मेरो सिङ्गो खुल्ला आकाश साथ भयो ।

किन फरक हाम्लाई प्रभु मुटु रगत एउटै हुदा
जस्ले बाँध्यो यो नियमा उस्कै ठुलो हात भयो ।

के सोच्नु खै बाँच्दा कहित्यै, एक हुन नसकेको
मर्दा पछि जल्ने हाम्रो,भिन्ऩा भिन्ऩै घाट भयो ।


न जन्मिदै खोट लाग्यो मैले छोको नचल्ने रे
हुने लाई त परि आउछ मेरै संसार रात भयो ।

भरतपुर -13, गजलकुन्ज
चितवन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..