Thursday, December 15, 2011

¥याण्डममा पहिलोपटक महिला लेखिकाको कृति र कविता विधाको परिचर्चा

रुपिन्द्र प्रभावी
पोखरा, मङ्सिर २४

       विभिन्न साहित्यिक तथा गैर साहित्यिक कृति र विषयवस्तुमाथि हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै अएको ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालले आफ्नो १५औं कार्यक्रममा पहिलो पटक महिला लेखिकाको कृति र कविता विधाबारे परिचर्चा सम्पन्न गरेको छ ।

       मोरङमा रहेर दुई दशकभन्दा लामो समयदेखि कविता, गीत, गजल, हाइकु, समालोचना, कथालगायतका विधामा क्रियाशील सर्जक मिश्र वैजयन्तीको पछिल्लो कवितासङग्रह पाश्र्व आवाजमाथि परिचर्चासहित सोसाइटीले आफ्नो सो शृङ्खला सम्पन्न गरेको हो । पाश्र्व आवाजको परिचर्चा गर्द सोसाइटीका सदस्य फडिन्द्र अकिञ्चनर्ले ै वैजयन्तीलाई एक कर्मठ साहित्यिक कार्यकर्ताका रुपमा चिनाउनुभयो । प्रगतिशील साहित्य लेखनको समरमा यात्रारत वैजयन्तीको पाश्र्व आवाज सीमान्तकृत वर्गको आवाज समेटिएको कवितासङ्ग्रहको रुपमा परचर्चा गर्नुभयो । कार्यक्रममा स्रष्टा वैजयन्तीले आफूले कवितासङ्ग्रहमा समेटिएका कविताहरुलाई प्रगतिवाद र प्रगतिशीलताको मध्यमार्गमा डो¥याएको बताउनुभयो । कवि सचेत भएर लेख्नुपर्नेमा जोड दिँदै मिश्रले समाज परिवर्तनका लागि साहित्यले महत्वपूर्ण योगदान दिनुपर्ने बताउनुभयो । स्रष्ट परिचयअन्तर्गत लेखिका मञ्जुश्री थापाका परिचय सदस्य चेतभक्त सुवेदी आकासले र प्रस्तोता अकिञ्चनको परिचय प्रचारप्रसार संयोजक रुपिन्द्र प्रभावी ‘कटु’ले दिनुभएको थियो ।

       शुभकामना मन्तव्यसहित टिप्पणी गर्दै प्राज्ञ रमेश श्रेष्ठले समोलोचकले मस्तिष्कले र कविले मनले लेख्ने बताउनुभयो । उहाँले ¥याण्डमले स्रष्टालाई माथि उठाउन गरेको प्रयासको सह्राना गर्नुभयो । सोसाइटीका अध्यक्ष राजेन्द्र चापागाईँ ‘आहत’को अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रा. डा. पशुपतिनाथ तिमल्सेना, महेन्द्रमान व्यथित, महेन्द्र रिमाल, डा. लक्ष्मीशरण अधिकारी, सरस्वती प्रतीक्षा, भीम रानाभाट, युवराज त्रिपाठी, कृष्ण उदासी, कवि गण्डकीपुत्रलगायतले टिप्पणी गर्नुभएको थियो ।

       सोसाइटीका सचिव गनेस पौडेलले स्वागत तथा सहसचिव उपेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा पुस्तक छनौट समितिका संयोजक कृष्ण के. सी.ले आगामी पुस ३० गते १६औं कार्यक्रममा साहित्यकार ईश्वरमणि अधिकारीले डा. रवीन्द्र समीरको लघुकथासङ्ग्रह अर्जुन दृष्टिमा परिचर्चा गर्नुहुने जानकारी दिनुभयो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..