Friday, April 29, 2011

मन दुखेको बेला

आयुष “सम्मोहन”
कसो गरि रमाउ साथी मन दुखेको बेला
आयौ समिप अंगालोमा तन दुखेको बेला ।

माया गरि गरि एकै पलमा पराई भयौ
आयौ फर्की फेरी आफ्नो पन दुखेको बेला ।

सुनामीको भेलमा सारा संसार तहसनहस
पिडा थपी रह्यौ हरेक जन दुखेको बेला ।

स्मृतिका पानाहरु पल्टाउने छैन अब
थिच्यौ घाउमाथी आज झन दुखेको बेला ।

रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..