Friday, April 22, 2011

कसले गरिदिन्छ

-मौसमजी भण्डारी "क्यानभास"
घर जम हुने पहल कसले गरिदिन्छ ।
हामी दुइको छलफल कसले गरिदिन्छ ।

भाइ-भाइको भागबण्डा लागिसक्यो रेखा
त्यो बाझो सेरी मलजल कसले गरिदिन्छ ।

आकाशे भरमा खबर हुँदा छिमेकिको
पालो पर्म बदल कसले गरिदिन्छ ।

सफलतको कथा ब्यापारको मन्जिल त्यो
दोबाटो छेउको पसल कसले गरिदिन्छ ।

यती राम्रो साइनो नराम्रो भयपछि

हाम्रो लागी आजकल कसले गरिदिन्छ ।

लाटिकोइलि-४ सुर्खेत
हाल:युएइ
 २०११ अप्रिल १९

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..