Tuesday, June 19, 2012

अगाडि बड्न देउ!

  घायलश्री-पर्बत
हो....!
यात्रा मेरो लामो छ र जटिल पनि
तर ......
कोही नडराउ कोही नतर्स
यो यात्रा मेरो मात्रा होइन
हामी सबैको हो ,
तिनै धुर्त स्याल र ब्वासाहरु बाट
शिकार हुनुपर्दा,
आफ्नै आँखा अगाडि
बहिनी र छोरी जस्ता चेलीको
इज्यत लुटिदा...
हो तिनै यौन पिपाशुलाई खतम गर्न
तिनै दानबहरुबाट मुक्त्ती पाउनको लागि
कलम चलाऊने हातले
तरबार खेलाउनु परेको छ
पुस्तक बोक्ने झोलामा
भरुवा-बन्दुक बोक्नु परेको छ
यो मेरो रहर होइन
बाध्यता अनी कर्त्ब्य पनि हो
त्यसैले कोही नडराउ
म बाट कोही नतर्श
मलाई अगाडि बड्न देउ
न्याय र मुक्त्तिको लागि
मलाई साथ देउ !

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..