Thursday, September 8, 2011

भुँमरी भित्र बाँचेको म बजारमा

पोखरा, २१ भदौ
पाल्पाका कवि शालिकराम नेपालको ‘भुँमरी भित्र बाँचेको म’ कविता सङ्ग्रह बजारमा आएको छ । ३८ वर्ष लामो प्राध्यापन पेसापछि हाल निवृत्त कवि नेपालले जीवनमा देखेका र भोगेका घटनाहरुलाई यस सङग्रहमा जस्ताको तस्तै उतार्ने प्रयास गर्नुभएको छ । पश्चिम पाल्पाको पालुङ–मैनादी गाविस–१, पाखासिली स्थायी घर भएका कवि नेपालको भुँमरी भित्र बाँचेको म कविता सङग्रहमा गद्य र पद्य गरी विभिन्न ४५ वटा कविता सङग्रहित छन् ।
सङग्रहभित्र राष्ट्र–राष्ट्रियता, आशा, निराशा, कुण्ठा, विद्रोह, शान्तिको चाहना, प्रेम, विकृति–बिसङगतिबिरुद्धको आवाज बुलन्द छ । सीतादेवी नेपाल प्रकाशक रहेको सो कृति कवि नेपालको पहिलो कृति हो । जुन ८० पृष्ठ लामो छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..