|
आयुष सम्मोहन |
बोलीदिए पुग्छ भन्छौ बातको के भर भो र ?
समाएर छाडी हिड्ने हातको के भर भो र ?
निर्मोहीलाई माया पनि जहर भयो अरे
इच्छाएको तिरस्कारमा मातको के भर भो र ?
टुक्रा पारी मनको पनि लिलाम हुने भयो
बेहोसी छु निसामन्न रातको के भर भो र ?
दुख पछि सुख आउछ भन्छौ तर पनि
कसरी गरु विस्वास घातको के भर भो र ?
बेाली दिए पुग्छ भन्थ्यैा बाट क भेा र !
ReplyDeleteसुन्दर गजल
धन्यवाद नवराज जी मिठो कमेन्टको लागी.. साहित्य बाटिकामा आउँदै गर्नुस है ..। अनि आफ्नो रचना पनि पठाउदै गर्नुस् है ।
ReplyDeleteपक्कै पनी aayush जी, मैले हजुरकेा ब्लग सधै भिजित गरिरहन्छु..
ReplyDeleteबिभिन्न लेख रचना पढ्न पाउँदा असाध्यै खुसी लाग्ने गर्छ।
धन्यवाद नवराज जी...
ReplyDelete