Thursday, September 8, 2011

गजल

आयुष सम्मोहन
बोलीदिए पुग्छ भन्छौ बातको के भर भो र ?
समाएर छाडी हिड्ने हातको के भर भो र ?

निर्मोहीलाई माया पनि जहर भयो अरे
इच्छाएको तिरस्कारमा मातको के भर भो र ?

टुक्रा पारी मनको पनि लिलाम हुने भयो
बेहोसी छु निसामन्न रातको के भर भो र ?

दुख पछि सुख आउछ भन्छौ तर पनि
कसरी गरु विस्वास घातको के भर भो र ?

4 comments:

  1. बेाली दिए पुग्छ भन्थ्यैा बाट क भेा र !
    सुन्दर गजल

    ReplyDelete
  2. धन्यवाद नवराज जी मिठो कमेन्टको लागी.. साहित्य बाटिकामा आउँदै गर्नुस है ..। अनि आफ्नो रचना पनि पठाउदै गर्नुस् है ।

    ReplyDelete
  3. पक्कै पनी aayush जी, मैले हजुरकेा ब्लग सधै भिजित गरिरहन्छु..
    बिभिन्न लेख रचना पढ्न पाउँदा असाध्यै खुसी लाग्ने गर्छ।

    ReplyDelete
  4. धन्यवाद नवराज जी...

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..