Sunday, September 11, 2011

प्रेम ओली
मलाई
पर्दा जस्तै
च्यातेर हेर्यो भने
ममा  पनि
अलिकती लोभ
अलिकती छोभ भेटिन सक्छ
मलाई
खोलेर हेर्यो भने
ममा
अलीकती आक्रोस
धेरै जसो रोस  देखिन सक्छ
त्यसैले
लोभ  र  लालच
मोह  र  आक्रोसले
बनेको म ।

मलाई
उघारेर हेर्यो भने
म भित्र
अलिकती दया
अलिकती माया भेटिन सक्छ
अलिकती लचकता
धेरै अहमता भेटिनसक्छ
 मलाई कपडा जस्तै
उधारेर हेर्यो भने
म भित्र
अलिकती इर्श्या
अलिकती तिर्खा  पाइनसक्छ
त्यसैले
अहम र लचकताको
इर्श्या र तिर्खाको
समिश्रण म ।

मलाई बक्सा जस्तै
खोलेर हेर्यो भने
एक एक पार्ट पुर्जा जाच्यो भने
ममा
अलिकती बिबेक
अलिकती मुर्खता देखिन सक्छ
मलाई
अझ  नियालेर हेर्यो भने
ममा पनि
अलिकती छल
अलिकती कपट पाइन सक्छ
त्यसैले
बिबेक र मुर्खता
छल र कपटको
सङ्गम म
इन्द्रेनी जस्तो
बहुरङ्ग म ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..