Saturday, September 17, 2011

सिकौ

कविता बुढा
                लेखपराजुल ५, सुर्खेत
पढि लेखी असल मानिस बन्न सिकौ
न्यायको वाटो आफै बुन्न सिकौ
गरिव र दुःखीमा दया राख्न सिकौ
अशिक्षितलाई शिक्षित बनाउने उपाय सिकौ
आफ्नो ठाउँ संसारमा चिनाउन सिकौ
श्रम पसीना वगाएर देश विकाश गर्न सिकौ
अज्ञानीलाई ज्ञान बाँड्न सिकौ
कुवाटोमा लागेकाहरुलाई सतमार्गमा लगाउन सिकौ
अपाङ्खलाईसिप सृजनामा लगाउन सिकौ
सानालाई मिठो शव्द र ठुलालाई सम्मान गर्न सिकौ
आफु बदलिएर आफ्नो समाजलाई पनि बदल्न सिकौ /

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..