Saturday, September 17, 2011

गजल

सुमित्रा न्यौपानै
प्रहार सहन सक्ने माता तिमीलाई सलाम छ
दुब्र्यबहार सहन सक्ने माता तिमीलाई सलाम छ ।

तिमी माथि बर्षिएका छन अतृप्त लात र घातहरु
बलात्कार सहन सक्ने माता तिमीलाई सलाम छ ।

जगत उहि रगत उहि उहि संस्कार फेरिएन बैरीहरुको
धेरै हार सहन सक्ने माता तिमीलाई सलाम छ ।

अनेकतामा एकता हाम्रो मान्यता विर्सिने सन्तानहरु
ब्यभिचार सहन सक्ने माता तिमीलाई सलाम छ ।

काट्ने छाट्ने भाग लगाउने लिलामी र दलालहरुको
उपहार सहन सक्ने माता तिमीलाई सलाम छ ।

तिमीलाई विगारे, आफुलाई सिगारे जसलाई दियौ जीवनदान
तिरस्कार सहन सक्ने माता तिमीलाई सलाम छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..