Saturday, September 17, 2011

मैले देखेको सपना

प्रेम ओली
हरित पत्रहरुको
एउटा बिशाल बृक्ष
पातहरु झागिदै
हागाहरु हागिदै
गाठाहरु कसिदै
जराहरु धसिदै

र म


ती प्रत्रहरुको बिस्तारामा
कहिले  रमाउदै खाँदै
कहिले खाँदै रमाउदै गरेको बेला
अचानक ठुलो आधी आउँदा
पातहरु उड्दै
हागाहरु चुडिदै

बाँकी बचेको ठुटो पनि
चिर्कोले हान्दा
मैले आफुलाई
धुलो र धुवामा पोतिएर
भोक र शोकले जोतिएर
खुला आकाशको
सडक सडकमा
गल्ली गल्लिमा
पातहरुमा भात मगिरहेको देखे ।

हरियाली त्यो बगैचामा
सुबासको गन्द सुग्दै
मिठा फलहरु ठुग्दै
कोही शत्रुबाट भाग्दै
कोही छहारी माग्दै
सयौ किट्पतङ्ग आए
कयौ पशुपंक्षिहरु आए
सयौ मान्छेहरु आए
ती हरिया पातहरु
कोही रमाउदै समाए
कोही समाउदै समाए
ती स्वादिष्ट फलहरु
कोही रमाउदै खाए
कोही खाँदै रमाए
त्यही हरित दरबारमा
कतिले डेरै जमाए
कतिले घरै जमाए
कोहि आइ कमाए
कोही खाइ रमाए
तर आज
त्यै मान्छेहरुको भिडमा
खै कसरी
म एक्लो हराए
अरुलाई बाटेको
त्यो भोक तिर्खा लागि
म एक्लो कराए ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..