Thursday, October 28, 2010

गजल (विश्वास दिलाउछु भन्यौ)

तिमीलाई विश्वास दिलाउछु भन्यौ  ।
यो ब्यथा मेरो सिलाउछु भन्यौ ।

जनम जनम साथ दिन्छु भन्थ्यौ
आज आफै विष पिलाउछु भन्यौ ।

कस्तो खालको स्वतन्त्रता चाहियो र
समिप नपर नत्र विलाउछु भन्यौ ।

जसलाई भन्छौ तिमी, मन पर्दैन
त्यही संग हात मिलाउछु भन्यौ ।


आयुष चौधरी “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..