Tuesday, October 26, 2010

गजल

चाँदी भई नबद्लिने यो मन सुन होइन रै’छ
धनु-वर्षा जति हानोस् नागा अर्जुन होइन रै’छ

घुम्घाम देश-विदेश कैले कता - र कैले बर्मा
शहर त दुइटै तर ढाका रङ्गुन होइन रै’छ

गलाभित्रै गुन्गुनाउँछ नझुके नि यौटै शीर
अल्झोस् गुञ्जोस् खालि सूत्र-मङ्गल-धुन होइन रै’छ

गाउँ-ठाउँ नाङ्गै-नाङ्गै शहरभरी अङ्गहरू
पोतिएछ र्सवत्र त्यो रातो खुन होइन रै’छ

परिहास सुब्बा 
सूत्र-मंगल-धुन' गजल संग्रह

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..