Monday, October 25, 2010

गजल (खगेन्द्र गिरी 'कोपिला" )

चर्की चर्की भाषण गर्न मैले पनि जाने
अहिले देखि आफैलाई ठुलै नेता ठाने



पढ्न तिर मन गएन जब स्कूल पढ्दा
गरिखानु पर्छ भनि एउटा पाटी छाने


मुखमा राम राम भने पनि बगलीमा छुरा
यसो गर्न नसकेमा कसो गरि खाने ?


विपक्षीले भड्काए मान्छे फकाउदा
सबै ति कडम गरि गरी आफै तिर ता
ने

जनताले जनताद्धारा जनताहरूको लागि
भनी भनी राजनितीको बिंडो मैले धाने

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..