Monday, October 25, 2010

मन्त्रिको भेटमा

एका बिहानै
मन्त्रिको भेटमा
गएको थिए गेटमा
पुक्दा देखे
भित्र छिर्न
मनिसहरुको लस्कर छ
कोही तस्कर छ
कोही अब्सर छ
कोही हर्ता कर्ता
कोही कार्यकर्ता।

त्यहा हेर्दा
तस्कर आएको छ
पैसाको पुला बोकी
अब्सर आएकोछ
रम र कोका कोला बोकी

बिचरा कार्यकर्ता आएकोछ
समश्याको झोला बोकी
त्यसैले त्यहा
हर्ताकर्तालाई बोलावोट छ
कार्यकर्तालाई रोकावोट छ।

लुरु लुरु
कार्यकर्ता हिंडेकाछन
चिल्लो पजेरोमा
हर्ताकर्ता गूडेकाछन
त्यसैले त्यहा
गूड्नेलाई खुला
हिंड्नेलाई छेकावोट छ।

अबसरको जात छैन
तस्करको बाद छैन
तर बिचरा कार्यकर्ता
 एउटै बाद घोकी
सधैं  झोला बोकी
लस्करमा लाम लागेकै छन
 कर्मी माहुरी भएर

प्रेम वली
दाङ्ग
हाल काठमाण्डौ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..