Sunday, June 10, 2012

हामी

प्रेम वलि
बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलीमा सधैं चढने
बलिका बोकाहरु हामी
शिकारीहरु अर्कै
शिकार खानेहरु अर्कै
बन्दुकमा प्रयोग हुने र
फालिने खोकाहरु हामी
दुध खाने पनि अर्कै
तर मार्ने पनि अर्कै
खाए पछी फ्याकिने
दुधका पोकाहरु हामी
चोर आए पनि
डाँका आए पनि
लुटेरा आए पनि
बेश्या आए पनि
सधैं खुला रहने
मन्दिरका ढोकाहरु हामी

कसैले फल बोक्न
कसैले जल बोक्न
कसैले मल बोक्न
सर्ब शुलभ पाइने
सस्ता डोकाहरु हामी
देश हसुर्नेहरु उनै
घुस हसुर्नेहरु पनि उनै
खाने हुने
खान नहुने
शेष हसुर्नेहरु पनि उनै
उनैहरुकै ईशारामा
घाम घाम खाँदै
झरी खाँदै
खाली पेटका भोकाहरु हामी ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..