Monday, September 26, 2011

दशैं _कविता

प्रेम ओली
पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने  पनि
जनकपुरको रेल झै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाट  आयौ
यदी आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
र लोकल ठर्रा होइन
रागो बोकाको साथ
झक्कले अनी अक्कले खसी ल्याउनु ।

परार जस्तो
फाटेको टोपी
अनी टालेको सुरुवाल होइन
सर्बहारा नेताले जस्तो
टाइसुट र बिदेसी बुट ल्याउनु
नेता फुटे पनि
पार्टी टुटे पनि
जनतामा सदा एकजुट ल्याउनु
 सकिन्छ भने
तरुनी पिएलाई च्यापेर ल्याउनु
भोको पेटलाई  के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा,दशै
मिठो मसिनो मन्सुली धान ल्याउनु ।

तिमीलाई सक्थे भने त
फलामे बार लगाएर छेक्थे
जाली तार लगाएर रोक्थे
अझ सक्थे भने त
तिमीलाई थुन्न चिडियाखाना  नै लग्थे
धनीले  अनुहार बिगारे पनि
कमसेकम गरीबले त
खुशीले   ताली ठोक्थे ।

अब आइहाल्यौ आगनमा
सके खसी बोका
नसके ठुलो खसी भए पनि ल्याउनु
र यो पाली  ससुराल जादा
कमसेकम बस भाडा उठ्ने गरी
खल्तिमा छाउनु
खसी बोका नसके पनि
बोइलर कुखरा होइन है,वाक्क भाछ
लोकल कुखरो  खोजी  खुवाउनु ।

(यो कबिता रेडियो अडियोमा २०६८ असोज  १४  गते दिनको एक बजे दसैं कार्यक्रममा   प्रसारण गर्नलाई  रेकर्ड गरिएको छ सुन्न नभुल्नु होला । )

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..