Sunday, October 9, 2011

कस्तो रनभुल्लको बाटो

प्रेम ओली
यो बाटो
त्यो बाटो
हिड्दै  जादा दोबाटो
टोली   अल्मलियो
अब हिंड्ने कुन बाटो
यात्रा  ढलमलियो
एउटा बाटो
नसकिने बाटो
अर्को बाटो
बिचमै सकिने  बाटो
यात्रु   धरमरियो
कस्तो घनघोर बाटो ।
हिड्दै जादा  चौबाटो
एउटा बाटो
खाली घुमी हिंड्ने  बाटो
अर्को बाटो
नदिमा गइ खस्ने बाटो
तेस्रो बाटो
खाडीमा गइ फस्ने बाटो
चौथो बाटो
माहुरी आइ डस्ने बाटो
ओहो !
कस्तो फर्सादको  बाटो
कस्तो बर्बादको  बाटो
न पछी हट्न सक्ने
अ अघी बड्न सक्ने
न दाँया लर्कन सक्ने
न बाँया सर्कन सक्ने
झन   बित्यासको बाटो ।

एउटा आउछ टोली हाक्दै
बिच बाटोमा नै हराउछ
अर्को आउछ टोली डाक्दै
मुल बाटो नै बिराउछ
फेरी अर्को आउछ फलाक्दै
उ झन नहिडदै  खुट्टा कमाउछ
न उकालो
न ओरालो
तर
कस्तो रनभुल्लको  बाटो
यता जाने कि
उता जाने
कस्तो अलमल्लको बाटो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..