Sunday, October 16, 2011

यसपालिको दशै

प्रेम ओली
 दशै आयो
जसरी आउथ्यो
यसपाली पनि
त्यसरी नै आयो
गाउ जादा
टिकट बुक गर्नु भनेकोथे
मानेन दशै
कहिले मुडाँ चडदै
कहिले हुँडाँ चड्दै
खानु सास्ती खायो ।

दशैको जन्म
न बालाई थाह् छ
न बाजेलाई थाह् छ
अब दशैलाई
बुढ्यौली लागेको होला
सुगर लागेको होला
ब्लड् प्रेसर बडेको होला
रक्सी मासु नखानु भनेकोथे
व्हुस्की खायो
लोकल खायो
पोलेको खायो
साधेको खायो
कवाब खायो
दवाबले खायो
बासी पायो
हासी खायो
सडेको खायो
लडेको खायो
लडेर खायो
हल्लिदै खायो
हल्लाउदै खायो
खादा खादै दशै
पखला लागेर
अस्पताल धायो
आँफै आयो
आँफै खायो
आँफै सास्ती पायो ।

खल्ती रित्तो भए पछी
दुइचार दामले चेलीबेटिलाई
टिकाटालो लायो
फेरी खल्ती भरिन्छ कि भनी
झिन्डी मिन्डी बोकी
ससुराली धायो
बिचरा दशै !
ससुरालमा पनि
जती पाउथ्यो
फेरी तेत्ती नै पायो
खायो पियो रमायो
केही दिन्छकी भनेको
खल्ती टकटकायो
जाने बेला बजियाले
यसपाली पनि
ऋनको तम्सुक पो थमायो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..