Sunday, October 16, 2011

मुक्तक मञ्चको ४१ औं शृङ्खला सम्पन्न

पोखरा, असोज २८  मुक्तकको उत्थानः हाम्रो अभियान भन्ने मूल नारासहित क्रियाशील मुक्तक मञ्च, पोखरले आफ्नो नियमित मुक्तक वाचनको ४१ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न गरेको छ । मञ्चले हरेक महिनाको अन्तिम शनिबार मुक्तक वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मञ्चका अध्यक्ष कष्ण देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु लक्ष्मण थापा, रुपिन्द्र प्रभावी ‘कटु’, सञ्जीव पौडेल, गजल सन्ध्याका अध्यक्ष कपिल शर्मा सञ्जोग, मुक्तककार विष्णु अल्पविरामलगायतले मन्तव्यसहित मुक्तक वाचन गर्नुभएको थियो । कार्यक्रममा मन क्षेत्री, माया कुँवर, विर्सना बस्नेत, सन्तोष कुइँकेल, सुमन लम्साल, आनन्द भट्टराई, कृष्ण थापामगर, रोशन सिग्देल, सावित्री गौतम, परिवर्तन, कृष्ण अधिकारी, प्रेम भट्टराई, सुरेन्द्र रोहित, जीवन पौडेल, बिष्णुप्रसाद बाँस्तोला, असफल गौतम लगायतले मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रमको संचालन सहसचिव पवित्रा भण्डारीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..