![]() |
प्रेम वलि |
पशुपतिका चार ढोका जस्ता
सबैका सकल्प पनि
पानीका फोका जस्ता
सहमतीमा पुग्न सिस्नोको घारी छ
तर पनि भन्दैछन
सहमती अझै जारी छ ।
एउटा आन्दोलन छेड्छ
अर्को जनपरिचालन खेर्छ
भत्ता पक्ष हरेक दिन कुरा फेर्छ
प्रतिपक्ष छक्क परी टुलुटुलु हेर्छ
प्रधानमन्त्री भन्छन -
सत्ताको साचो पारी छ
तर पनि
सहमती अझै जारी छ ।
राष्टपती पनि
कहिले म्याद थप्दै
सबै दललाई बोलाउछन
जे गर्दा पनि केही नहुँदा
अब के गर्ने भनी टोलाउछन
तर भन्छन -
पार्टिहरुकै कोट्मा खेल्ने चारी छ
तर पनि
सहमती अझै जारी छ ।
यहाँ न बत्ती छ न इन्धन छ
देश,जनतालाई झन बन्धन छ
न देशमा कुनै बिकास छ
न शान्ती र चयनको निकास छ
जनतालाई खाली ऋनको भारी छ
तर पनि नेता भन्दैछन-
सहमती अझै जारी छ ।
हरेक दल यहाँ
सिसा झै फुटछ
घैटो झै जुट्छ
हरेक दलमा
गुट उपगुट छ
जस्ले जती डिङ हाके पनि
सबै नेताको नक्कली दारी छ
तर पनि सबै भन्दैछन
सहमती अझै जारी छ ।
प्रेम वलि जि को पहिला को गजल "महादेब लुरुक्क परे" मलाई सार्है मन परेको थियो। आज सहमति अझ जारि छ पढ्दा अझै रमाईलो भयो ।।। अरु पनि पढ्न पाइयोस है
ReplyDeleteकिशोर के सि
http://kishorkc.blogspot.com
केसी जी म पनि तपाँईसंग सहमत छु ।
ReplyDelete