![]() |
घायलश्री |
तिमीसग हारेको म प्रेमी पुरानो।
तिमी माया मारेको म प्रेमी पुरानो।
एकै नजर देख्न तिम्रो बाटो ढुक्दा
हिड्ने बाटो बारेको म प्रेमी पुरानो।
म फुल्दै गर्दा तिम्रो मनभित्र
कोपिलामै झरेको म प्रेमी पुरानो।
तिललाई पहाड बनाई यो प्रेम नगरीमा
संगीमाझ खारेको म प्रेमी पुरानो।
तिमी माया मारेको म प्रेमी पुरानो।
एकै नजर देख्न तिम्रो बाटो ढुक्दा
हिड्ने बाटो बारेको म प्रेमी पुरानो।
म फुल्दै गर्दा तिम्रो मनभित्र
कोपिलामै झरेको म प्रेमी पुरानो।
तिललाई पहाड बनाई यो प्रेम नगरीमा
संगीमाझ खारेको म प्रेमी पुरानो।
ज्युन नसक्दा तिम्रो शहरबाट
बसाई नै सारेको म प्रेमी पुरानो।
प्रकाशकको गल्ति हो कि गजलकारको गल्ति हो काफिया पनि अपुरो छ अर्को कुरा संगति पनि मिलेको छैन , यो गजल हो भने ,
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeletekaphiya ta mileko nai 6 mitra .. kaphiya pani purna ar aansik kaphiya hun6 . kripaya yo link readout garnus na hai plz....
ReplyDeletehttp://sahityabatika.blogspot.com/2010/06/blog-post_21.html
धन्यवाद मित्रहरु मिठो कमेन्टका लागी .. गजलमा लय सबैभन्दा अनिवार्य तत्व हो ता पनि सबै गजलहरु पूर्ण लय विधानमा बाँधिएका हुन्छन् भन्ने पनि होइन । जहाँसम्म काफियाको कुरा गर्नु भएको छ , यस कुरामा म निशान जी संग सहमत छु । धन्यवाद नरेश जी अनि निशान जी लाई ...।
ReplyDelete