Showing posts with label नियात्रा. Show all posts
Showing posts with label नियात्रा. Show all posts

Wednesday, March 16, 2011

मारी नदि घुम्दा (यात्रा)

प्रेम वली
आज शनिबार ह्यूसङ्ग साउथ अस्ट्रेलियाको सभन्दा ठुलो नदी मारी घुम्न जानलाई डेभिड्को घरमा उसलाई कुर्दै थिए।एडलाइडबाट ८० किलो मिटर टाढाको यात्रा रमाइलो हुने भएकाले मनमा उत्सुक्ता जागेको थियो। ठीक अग्रेजी समयमा नै साथी आए पछी हामी कारमा घुम्न निस्कियौ। ह्यू रमाइलो साथी रहेछ। पहिले बिद्युतिय पत्रचार मात्र भएकाले भेटदा झन रमाइलो लागेको थियो।उसको छोरी मेरो स्कुल गैसकेकाले पनि उ नेपाल प्रती जान्न चाहन्थ्यो। बाटो भरी नेपालको र मैले घुमेका ठाउहरु बारेमा गफिदै प्रतिघन्टा १०० किमी हुइकिदै थियौ।

एउटा डाडामा पुगे पछी ह्यूले गाडी रोक्दै भन्यो।" म तिमीलाई हामी जाने ठाउँ देखाउछु।" उसले औंलाले सन्केत गर्दै भन्यो।"ऊ.....त्यो पारी ठाउँ हो। अब हामी अघी बढे पछी साना साना रुखहरु आउछन। यो ठाउँ अस्ट्रेलियाको सभान्दा सुख्खा र कमसल उर्भरा भुमी हो।"