Showing posts with label भावना. Show all posts
Showing posts with label भावना. Show all posts

Friday, January 14, 2011

संसदिय ब्यवस्था र विसंगति

                                                                           – भरत प्रसाइ
संसदवादी ब्यवस्थामा जालझेल धेरै हुँदो रैछ
कालो सेतो–सेतो कालो बनाइदिन सक्ने रैछ
कल्पवृक्ष रोपे पनि विष वृक्ष बन्दो रैछ
एकतालाई कमजोर पार्ने कालाजादु जस्तो रैछ
दिउसै रात बनाइदिने पीसी सरकार जस्तै रैछ
शक्तिशाली लंगौटीमा अण्डा पार्न पुग्दो रैछ

पशुपतिको पुजारीलाई अजर अम्बर देख्दो रैछ
जनतालाई जादु देखाई राष्ट्रलाई नै बेच्दो रैछ
जनताबाट हारेपनि प्रधानमन्त्री बन्दो रैछ