Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Saturday, August 6, 2011

सरकारी योजना - लघुकथा

प्रेम राना मगर 
 गाउलेहरु ! सुन्यौ यो साल  हाम्रो गाउमा पनि गाडीबिजुलीबत्ति , पानीका धाराहरु ल्याउने रे  नि हो .. ? एउटी महिला अर्थात् मन कुमारी  अचम्मित हुदै   आश्चर्यमा परिन् अनि शंकाको जालो फिजाएर बोली हालिन .. "खै मलाई विश्वासै लाग्दैन" .. पोहोर पनि यस्तै भनेका थिए अझ जिल्ला बाट  पनि कति पैसा आएका थिए रे गा.बि. मा मैले  सुनेको  मात्र ..।
       हामीहरु पनि अब उज्यालोमा बस्न पाउने भयौ त्यो तलको दुंगे धाराबाट  पानी खेप्न नपर्ने भयो भनेर कति रमाएका थियौ .. के गर्नु अहिले नाक खुम्चाएर बस्नु परेकोछ मैले अझ बिस्वासका साथ भने यो साल पक्का रे सरकारी योजना परेको  रे . अझ कति लाख हो  गा.बि. मा पनि आइसकेको रे भन्दै  थियो गाउलेहरु मैले  भर्खर सुनेर आउदैछु

Thursday, July 14, 2011

'बधाई'

                                                                              मौलश्री लिम्बु  
              उनको वाग्दान भईसकेपछि मलाई भनिन्- 'तिम्ले मलाई माया गर्दैनौ रहेछौ,त्यसैले मसंग विवाह गर्न चाहेनौ ।' जवाफमा मैले भने- 'आफुलाई भन्दा ज्यादा तिम्लाई माया गर्छु तर आफ्नो स्वार्थका खातिर परिवारको खिलाफमा विवाह गर्दा कोही खुशी रहन सक्दैनौ ।कसैको दोष छैन,समय र परिस्थितीको यस्तो मोडलाई हामीले किमार्थ स्वीकार्नै पर्छ ।' मेरो अभिप्रायमा सहमत भईन्।उनको विवाहले मलाई मर्माहत पार्‍यो ।त्यसैले सम्हालिने वहानामा रोजगारिको लागि विदेश रमाना भएँ ।
               पाँच वर्षपछि स्वदेश फर्किएँ ।गाँउघर परिवर्तन भईसकेकोरहेछ ।घरमा उनिलाई बाँझी ठहर्याईएकोले अनमेल भई माइती आएकी महिना दिन भएछ ।एक साँझ उनिसंग भलाकुसारी भो ।त्यसपछि हाम्रो भेटवार्ता बढ्न थाल्यो ।पाँच महिनापछि पाँच वर्षअघिको वाचालाई उनकै सहमतिमा पुरा गर्न उनको घर गएँ ।

Friday, February 25, 2011

कपूर्नीघाट (लोक कथा)

–दिपक खनाल,
नारानथान भन्ने गाउ“मा एउटी दुष्ट आइमाई बस्थी । उसको नाम कपूर्नी थियो । उछिट्टिएका दा“त, भित्र पसेका गाला र भक्कासिएको स्वरका कारण ऊ अजीव देखिन्थी । गाउ“घरका सबै मानिसहरु कपूर्नीदेखि पर–पर हुन्थे किनभने ऊ अघोरी थिई । मुर्दाघाटमा गएर मुर्दाको टाउको फोरी गिदी खाने सोख थियो उसको । गाउघ“रमै पनि कोही आफुलाई मन नपर्ने मान्छे भए भने साझ बिहान पाररे बाटो ढक्ुथी र त्यसलाई मार्थी अनि मध्यरातको समय पारेर गिदीको स्वाद लिन्थी । कपूर्नीस“ग कोही पनि आ“खा जुधाएर हेर्न सक्तैनथे । उ, जतिखेर पनि लप–लपाउ‘दो जिब्रो निकालेर हिंड्थी ।

Monday, February 21, 2011

गमला र भाँडो

जेंग ओसेन
नयाँ घरमा सरिसकेको एकजना मान्छेले नयाँ धरमा कुन कुन सामान लाने भनी राम्रा देखिने भाँडाकुँडाहरु छान्न थाल्यो । यसैक्रममा उसले एउटा गमला उठायो। त्यसलाई उसले रङ्ग–रोगन ग¥यो, राम्रा फुलहरु राख्यो र वर्काइफर्काइ गरेर हेरेपछि प्रसन्न भयो । “यसले मेरो नयाँ घरको सोभा बढाउँछ”– सोच्दै मुण्टो हल्लायो। त्यति नै बेला उसको आँखा कुनामा राखिछाडेको एउटा पुरानो भाँडोमा प¥यो, जसमा जडिबुटीहरु पकाउने गरिन्थ्यो ।
“यस्तो नाथे थोत्रो र हेर्दै नराम्रो देखिनेलाई म फ्याँकिदिन्छु ।” – उसले त्यसै ग¥यो ।
केही समयपछि नै त्यो मान्छे सिकिस्त बिरामी प¥यो। डाक्टरलाई जँचाएर केही जडीबुटीहरु घरमा ल्याएपछि उसलाई त्यो भाँडाको सम्झना आयो।

Sunday, January 2, 2011

पैसाको बोझ

यो कथा कुनै एकादेशको हो जुन मैले धेरै पहिलेनै सुनेको थिए । तर यसले दिन खोजेको सन्देश भने हामीसबैको लागी अझैपनि ताजा नै छ । कुनै समय एकजना धेरै सफल ब्यापारी थिए । उनको ब्यापार समुन्द्रपारी थियो । उनी ब्यापारको क्रममा दिनहुँजसो डुङ्गा चढेर ओहोर दोहोर गर्थे । उनलाई राम्ररी डुङ्गा खियाउन (चलाउन) आउदैनथ्यो न त पौडिन नै सक्थे । उनी यति ब्यस्त थिए की उनलाई पौडीन सिक्ने समय थिएन न त डुङ्गा चलाउन सिक्न नै ।
     एकदिन उनका शुभचिन्तक साथीहरुले उनलाई डुङ्गा चलाउन सिक्न या त पौडीन सिक्न सल्लाह दिए ।

Thursday, July 22, 2010

निष्ठाको भगवान

      एका विहानै निष्ठा काठमाण्डौ जानकोलागी ठाँटिएर बसेकी छ । उसको जन्मको प्रसव–पिडाबाट उसको आमाको मृत्यु भएकोले समाजको दृष्टिमा उसले आमा खाई । आमाको न्यानो काखमा खेल्ने उमेरमा सौतेनी आमाको गाली ,हप्किदप्कि खाएकी निष्ठाले आफ्नो बाल्यकालमा कहिल्यै हाँसो खुसीको रङ्ग महशुष गर्न पाइन । त्यसैले पनि होला उ मन्दिर धाउथी र आफ्ना सारा पिडाका महासागर बगाउथी । पानी पंधेरो गर्दै निष्ठा तरुणी भई , उ सुन्दर थिई जसका कारण जो कोही पनि उसलाई पाउनको लागी मरिमेट्थे । तरुणी निष्ठा यौवनको उन्मादमा स्वतन्त्र भइ विचरण गर्न चाहन्थी । यस्तैमा गाँउकी सोझी निष्ठाले एकजना परदेशी पाई जसले निष्ठालाई धेरै माया गथ्र्यो । पत्येक पल्ट गाँउ आउदा चुरा धागो टिका गाजल जस्ता सज्जाका सामान ल्याइदिन्थ्यो । विस्तारै परदेशी उसको सजिव भगवान बन्छ अनि निष्ठा मन्दिर धाउन छाड्छे । आज त्यही परदेशीसंग लगनगाँठोमा बाँधिएर उ काठमाण्डौ जान लागेकी हो ।
                काठमाण्डौ जाने तयारी पुरा हुन्छ । गाँउका केही तरुणीहरु निष्ठाको भाग्य देखेर डाहा गर्छन् । काठमाण्डौ पुगेपछि उसको भगवानले उसलाई एक कोठीमा बेचीदिन्छ । उसलाई विश्वास लाग्दैन तर उ विवस हुन्छे । उसको मनको सजिव

Friday, July 9, 2010

कार्यकर्ता

कुसुम ज्ञवाली
     चारैतिर मध्यरातको अन्धकार व्याप्त थियो। अन्धकारमा अलमलिएको मान्छेको ठूलै झुण्ड पहाडको फेदमा बिचलित मनस्थितिमा देखिन्थे। केही युवाहरुले हतासमा आत्महत्या गर्ने असफल प्रयास पनि गरे अन्धकारमा। मार्गहिन र दिशाहीन मान्छे गन्तव्यको बोध नभए पछि यो हतासा स्वाभाविक पनि लाग्थ्यो। जंगलै जंगलको उकालो एकापट्टी थियो भने अर्कोतर्फ भयानक आवाज निकाल्दै खोलो बगेको थियो। कता गयो भने उज्यालोमा पुगिन्छ कसैसँग पनि प्रष्ट दिशावोध थिएन। मान्छेहरु आत्तिएर रुन र चिच्याउन पनि थालेका थिए। आवाज पछ्याएर हिंस्रक जंगली जनावरले धावा वोल्दा भन्ने अर्को ठुलो डर थियो।

Friday, April 16, 2010

गरीबको कथा

बिनय कसजू
एक जना राजकुमारलाई कथा सुन्ने निक्कै शोख रहेछ । ऊ राती कथा नसुनिकन निदाउनै नसक्ने रहेछ । दरबारमा कथा सुनाउनकै लागि नोकर-चाकरहरु पनि रहेछन् ।
एक दिन एक जना नोकरलाई राजकुमारबाट कथा सुन्न मन लागेछ । उसले राजकुमारलाई भनेछ 'आज सरकारबाटै एउटा कथा सुन्न पाए म कति भाग्यमानी हुने थिएँ ।' नोकरको चिप्लो कुरा सुनेर राजकुमार पनि फुरुंग परेछ र कथा भन्न थालेछ -
एकादेशमा एक जना साह्रै गरिब मानिस थियो । उसको घर थिएन सडकको पेटीमा सुत्थ्यो । खेतीपाती जागिर केही थिएन मागेर खान्थ्यो । अर्काको जडाउरी
लाउँथ्यो ।

Saturday, April 10, 2010

काठमाडौं फ्लु

काठमाडौंबासीलाई रामरी सिध्याउन सकिन्छ भनेर चार वर्ष पहिले बर्डफ्लु पस्न खोजेको थियो । खुला ट्रकमा बसेर आएका सय थान बर्ड फ्लुहरू ढुङ्गाअड्डाबाट ओरालो लाग्दानलाग्दै हिक्हिक् गर्न थाले । कलङ्कीको जाम र बल्खु खोलाबाट उठेको दुर्गन्धको निश्वासले पचास थान फ्लुलाई ठहरै पार्‍यो भने बाँकी पचास थान फ्लु पनि लल्याकलुलुक भैदिए ।
पचासै भए पनि काठमाडौंको अस्तव्यस्ततामा राज गर्न पाइन्छ भन्ने सोचेर बर्ड फ्लु आफूले चढेको ट्रकमै बसेर पूर्वतिर लागे । विष्णुमती नदीको पुलमा ट्रकको अघिल्लो पाङ्ग्रो परेको मात्रै के थियो सबै बर्डफ्लुहरू हप्याक्हप्याक् गर्दै मर्न थाले ।
मेक्सिकोमा आतङ्कराज मच्चाएपछि स्वाइनफ्लुले पनि काठमाडौंमाथि चौतर्फी हमला गर्ने निर्णय गर्‍यो । बर्डफ्लुको मृत्युकथा सुनेका स्वाइनफ्लुहरूले आक्रमणको क्षेत्र र सङ्ख्यालाई धेरै फराकिलो