![]() |
| राम प्रसाद खरेल |
नवराज सुब्बा आफैंमा एक परिचित नाम हो । लामो समयदेखि साहित्यको क्षेत्रमा साधनारत नवराज सुब्बाका पाँच वटा साहित्यिक कृति, जनस्वास्थ्य सम्बन्धि ३ वटा र संगीततर्फ ‘देशको माया’ गीति एल्बम, ‘लुकेको रहर’ गजल एल्बम, ‘नवराज सुब्बाको प्रतिबिम्व’ भिडियो लगायत फूटकर रुपमा थुप्रै गीतहरु भइसकेका छन् ।
‘जीवन मेरो शब्दकोशमा’ कविता संग्रह (२०६३), ‘मनको मझेरीमा’ निबन्ध संग्रह(२०६४), ‘बीच बाटोमा व्यूँझेर’ कबिता संग्रह (२०६५), र ‘सहिदलाइ सलाम’ गीतसंग्रह (२०६७), पछि ‘यात्रा आधा शताब्दीको’ कबिता संग्रह(२०६८) लाई हामीमाझँ पस्केका छन् कवि नवराज सुब्बाले । आफ्नो जीवनको स्वर्ण महोत्सवको अवसरमा प्रकाशित कविता संग्रह ‘यात्रा आधा शताब्दीको’ मा वि.स. २०६४ देखि ६८ सालसम्म सृजना गरेका जम्मा ५० वटा कविता अटाएका छन् । तर एउटा कविता भने ६३ मा रचना गरिएको कविता छ ।


