![]() |
| नेपालगंजमा तिज अघि आयोजना गरिएको एक कार्यक्रममो दृष्य |
यसपटकको तीज भड्किलो भयो भनेर प्राय सबैजसो पत्रपत्रिका र अनलाइनमा पनि ठुलो चर्चाको विषय बन्यो । लेख्न पाएपछि को नै पछि प¥थ्यो र धित नमरुन्जेल लेखियो पनि । रातो सारी र छड्के तिलहरीको प्रदर्शन गर्ने उत्साहका रुपमा तीज बदलिएकोमा संस्कृतिप्रति गम्भिर धेरैजना चिन्तित पनि देखिए । नयाँ पुस्ताका महिलालाई तीजको धार्मिक या साँस्कृतिक पक्षसंगभन्दा तामझाम र ग्ल्यामरसँग मतलब छ भन्नेहरु पनि धेरै भेटिए । उहिलेउहिले चाडपर्वमा मिठोचोखो भान्सा गरिन्थ्यो । आजभोली चाडपर्व नआउदै महिनौ दिन अघिदेखि शुभकामना भेटघाट कार्यक्रम गरिन्छन् र पार्टी गरेर मनाउन सुरु गरिन्छ । हिन्दु महिलाहरुको महान पर्व तीज होेस् या जिसस क्राइस्टको सम्झना गर्ने क्रिसमस, दशैं होस् या तिहार यी सबै पर्वहरुमा हामी मिसमास भएर मदमांसले मातिन्छौं, झलिन्छौं र भद्दा संगितमा बेतालसंग हलिन्छौं । के यस्तै हो त नेपाली सभ्यता ?
हामी भन्छौं नयाँ पुस्ताले हाम्रा असली संस्कृति बिर्सदै गएकाछन् । यस्तै आरोप लाग्यो अहिलेका नयाँ पुस्ताका महिलाहरुलाई । तीज आउनु एक महिनापूर्व तीजको तडकभडक र रमझम सुरु हुन थालेपछि नयाँ पुस्ताले तीजको असली संस्कृति बुझ्न पाएकोछैन । तीजमा दिदीबहिनीहरु जम्मा भएर रमाइलो गर्ने परम्पराको पछिल्लो पुस्तालाई मतलब छैन । अनि हामी सजिलै भनिदिन्छौं आजभोलीका युवा बिग्रिए यो त पश्चिमी सभ्यता हो । के साँच्चै आजभोलीका युवाहरु बिग्रिएकै हुन् त ?