सधैं ब्यङ्ग्य कबिता र ब्यङ्ग्यबन्ध लेखे पनि यसपाली एउटा वास्तविक तर ब्यङ्ग्य बनाउने पाराले ब्यङ्ग्य वार्ता रोज्ने बिचार गरे। यसको लागि पात्र पनि चाहियो। नेतालाई के खोज्नु,बरु मेरो घर वरिपरीको मान्छेलाई रोज्नु भन्ने लाग्यो।मेरै कोठा नजिक एक जना बुढी हजुर आमा बस्छिन। सधै हासो ठट्टा पनि गर्ने भएकाले उनिसङ्गै वार्तालाप गर्ने जमर्को गरे।छतमा बसेर वार्तालाप सुरु गरियो।
मैले पहिलो प्रस्न हजुर आमैलाई कचौरामा राख्दै भने। "हजुर आमाको उमेर कती पुग्यो नि? हेर्दा त अझै फुर्तिली सुर्तिली देखिनुहुन्छ ?"
प्रस्नलाई टपक्क टिप्दै,"यो प्रश्न महिला हक बिपरित हो भन्छन। बाबुले सोदिहाल्नु भो । अली ठिटना हुनुहुदोरहेछ । अरु महिलालाई सोधेको भए पहिलो गासमै स्वाद चाखी हाल्नुहुन्थ्यो । मेरो उमेर त भर्खर असिमा बसेकी छु । अब उमेरको कुरा गर्दा त पैतिस चालिस बर्षलाई अध बैसे भनिन्छ । त्यो हिसाबले त मान्छेको बैस सत्तरी असी पुगेपछी पो पुरा हुदो रहेछ । साठी बर्ष नाग्दा