![]() |
| घायलश्री |
एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाइँलाई उहासँग परिचय मात्र होइन तपाइँको चाहना अनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।
त्यसदिन म एउटा स्टेशनरीमा बसी आफ्नो केही बाँकी रकम असूल गर्दै थिएँ । अकस्मात् उनको आगमन भयो र मेरो नजिक आई विस्तारै बोल्न पुगे– ‘तपाइँको नाम..........हो ?’
उनको त्यो ठाडो प्रश्न सुनेर कताकता म भित्र अपमानित रेखा कोरिन थाल्छन् तर आफैंलाई साम्य पार्दै म बोल्छु– ‘हजुर ! केही काम थियो कि ?’