Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Monday, August 19, 2013

तिम्री स्वास्नी

घायलश्री
       एउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् । हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाइँलाई उहासँग परिचय मात्र होइन तपाइँको चाहना अनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।             

               त्यसदिन म एउटा स्टेशनरीमा बसी आफ्नो केही बाँकी रकम असूल गर्दै थिएँ । अकस्मात् उनको आगमन भयो र मेरो नजिक आई विस्तारै बोल्न पुगे– ‘तपाइँको नाम..........हो ?’

           उनको त्यो ठाडो प्रश्न सुनेर कताकता म भित्र अपमानित रेखा कोरिन थाल्छन् तर आफैंलाई साम्य पार्दै म बोल्छु– ‘हजुर ! केही काम थियो कि ?’

Thursday, July 7, 2011

क्यान्टोन्मेन्टको घेराभित्र

प्रकाश सायमी
कन्टोमैन्टमा उदास धुन बजिरहेको थियो, कुनै पुरानो रसियन गीतजस्तो लाग्ने त्यो धुनको पछिल्लो आलापमा एघार वर्षभित्र मारिएका ती मृतकहरूको आवाज समाहित थियो । सानो अन्तरालपछि कन्टोमैन्टमा विश्रामजस्तो छायो ।

नजिकै रहेका एकजना पर्यवेक्षकसित म यो कन्टोमैन्टसम्म कतिजना महिला छन् भनेर सोध्दै थिएँ । त्यतिबेला अचानक मसँग आएका फोरेन्सिक आन्थ्रोपोलोजिष्टले मलाई सानो चिट देखाउँदै भने— “यो नाम हुनसक्छ भने तिमीलाई अझै अर्को कन्टोमैन्टसम्म हामी लानेछौँ ।”

त्यसपछि हामी उकालो लाग्यौँ । यो उकालो म धेरैपटक एक्लै, धेरैपटक रविदादासित हिँडेको छुु— कहिले गीत गाएर, कहिले कविता पढेर । यो उकालोमा एउटा पुरानो स्कुल थियो— प्राथमिक स्कुल । अब त्यो छैन रहेछ । नहुनुका धेरै कारण अखबारमा आइसके । हामी यहीँनेर बसेर एकअर्काको भाषण सुन्थ्यौँ । यो ठाउँलाई रविदादाले छापा नाम राख्नुभएको थियो, थाहा छैन उहाँले यो नाम के सोचेर राख्नुभयो र यो पछि साँच्चै छापामारहरूको एक विशेष ठाउँ बन्न पुग्यो । तेह्र वर्षपछि आज यो ठाउँ अत्यन्त अपरिचित लाग्यो ।

”छापा ! के हो छापा ?” मेरो मुखबाट अचानक प्रस्फुरण भएको शब्द सुनेर मसँगै यात्रारत मानव अधिकार र नागरिक अधिकार सङ्गठनका मित्रहरूले सोधे ।

Thursday, June 23, 2011

भ्रम (कथा )

-अनुप जोसी "उल्का"
     वसन्त ऋतुको प्रादुभावमा वरिपरिका लतागृह एवम् पंक्षी जगत मुस्कुराइरहेका देखिन्छन् । क्षितिजमा अल्पसंख्यक वादलु गणहरु दिशाहिन भएर यताउती छट्पट्याइरहेका छन् भने आजको पुनर्जन्म पश्चात सुर्यको यात्रा चरम उत्कर्षमा पुगेको छ । वार्सिलोनाको कुनै फराकीलो , चिल्लो कालोपत्रीय सडकमा हुँइकिरहेका सयौँ सवारी साधन मध्येको यौटा सानदार कारमा अनवरत मनोचाहनाहरुलाई कोलाकोला गर्दै कुलेलम ठोक्दो छ प्रमिथस पनि । आधुनिक आभुषणमा झकिझकाउ भएर सहरका नर-नारीहरु , युगल जोडीहरु सडकका छेउछाउबाट ओहोर-दोहोर गरिरहेका देख्न सकिन्छ । परन्तु मनमा उम्रिएका काउसोजस्ता धारणाहरुले असह्य अवस्थामा पुगेको प्रमिथसलाई यी यावत कुराहरुको फित्तलो प्रभाव मात्र रह्यो ।

Tuesday, April 19, 2011

विकास --कथा

बखतबहादुर थापा
प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ,  मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ । नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक सौन्दर्यले परिपुण छ हाम्रो देश । नेपालको सुन्दरता नेपालीका निम्ति गर्भको कुरा मात्र होइन, विदेशीहरूका निम्ति आकर्षणको बिन्दु पनि हो ।
त्यही आकर्षणमा तानिएका अस्टे«लियाली दम्पती राजधानीसँगैको तर विकासको तुलनामा विकट ठाउँतिर सोझिए, त्यहाँको प्रकृतिको आनन्द लिन, मज्जा लुट्न । हेरेर अनुभव गरेर कहिल्यै नअघाइने प्रकृतिलाई आँखाभरि समेट्दै, भमराझैं त्यो सौन्दर्य मनले पान गर्दै उनीहरू एउटा डाँडामा पुगे ।
डाँडामा एउटा रिसोर्ट थियो । ती अस्टे«लियाली दम्पतीले स्थानीय भोजनको स्वाद लिए । एकातिर जंगल, अर्कोतर्फ गाउँ । उनीहरू कुनै बखत दूरबीनद्वारा टाढाटाढाका दृश्य हेरेर रमाउँथे त कुनै बखत तिनलाई क्यामरामा कैद गरेर ओल्टाइपल्टाई हेर्थे । तर, उनीहरूको यो खुसी लामो समयसम्म रहेन । उनीहरूले गाउँदेखि जंगल परास्त हुँदै गएको देखे । यसले उनीहरूको रमाइलोमा बज्रपात भयो । उनीहरू यसको यथार्थ खोज्दै गाउँतर्फ पस्नेबित्तिकै उल्टो भोगाइमा परे । गाउँले बालबालिकाले उनीहरूलाई घेरे, मानौँ उनीहरू फूल हुन् र ती बालबालिका भमरा । उनीहरूले फोटो खिच्न अन्त भौँतारिनै परेन । के के न भेटेभैmँ उनीहरूले झुत्रेझाम्रे काती परेका लुगा पहिरिएका नानीहरूका फोटा खिच्नुसम्म खिचे । तर, ती बालबच्चाहरूको उज्ज्वल भविष्यलाई चरम गरिबीले ओझेलमा पारेको र तिनका इच्छा–आकांक्षा अनि निर्दोषपनलाई भोकतिर्खाले अंकुराउन नदिएको थाहा पाएर दुःखी भए ।