Showing posts with label प्रियसीलाई पत्र. Show all posts
Showing posts with label प्रियसीलाई पत्र. Show all posts

Sunday, August 29, 2010

प्रबासीबाट प्रियसीलाई पत्र

हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई
दिन रात तिम्रै यादम तडपीदै छु
के छ गाउ घर तिरको नया खबरहरु

के छ तल्ला घरे कान्छी को हालचाल
बिहे भयो रे भन्ने सुन्दै छु आज
के छ छोराहरुको पढाई
स्कुल जादै छन् कि आन्दोलनमा होमीदै छन्
के छ बाबा - आमाको खबर
सन्चै छन् कि बिसन्चो छ बाबा-आमालाई
के कस्तो छ यो बर्षको खेतीपाती
असिना पानीले सबै उडायो रे भन्ने सुन्दै छु

यो बर्ष पनि फर्की आउन पाइन प्रियसी
मेला पात गर्दै गर्नु प्रियसी तिमीले
अर्को बर्ष अबस्य पनि फर्की अउने छु प्रियसी

योगेन्द्र गिरी,संघश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी -नेपाल
ईमेल- yogendra.yogen@yahoo.com