Sunday, November 11, 2012

म प्रेमी पुरानो


घायलश्री

तिमीसग हारेको म प्रेमी पुरानो।
तिमी
माया मारेको म प्रेमी पुरानो।

एकै
नजर देख्न तिम्रो बाटो ढुक्दा
हिड्ने
बाटो बारेको म प्रेमी पुरानो।

म
फुल्दै गर्दा तिम्रो मनभित्र
कोपिलामै
झरेको म प्रेमी पुरानो।

तिललाई
पहाड बनाई यो प्रेम नगरीमा
संगीमाझ
खारेको म प्रेमी पुरानो।

ज्युन नसक्दा तिम्रो शहरबाट
बसाई
नै सारेको म प्रेमी पुरानो।

4 comments:

  1. प्रकाशकको गल्ति हो कि गजलकारको गल्ति हो काफिया पनि अपुरो छ अर्को कुरा संगति पनि मिलेको छैन , यो गजल हो भने ,

    ReplyDelete
  2. This comment has been removed by a blog administrator.

    ReplyDelete
  3. kaphiya ta mileko nai 6 mitra .. kaphiya pani purna ar aansik kaphiya hun6 . kripaya yo link readout garnus na hai plz....
    http://sahityabatika.blogspot.com/2010/06/blog-post_21.html

    ReplyDelete
  4. धन्यवाद मित्रहरु मिठो कमेन्टका लागी .. गजलमा लय सबैभन्दा अनिवार्य तत्व हो ता पनि सबै गजलहरु पूर्ण लय विधानमा बाँधिएका हुन्छन् भन्ने पनि होइन । जहाँसम्म काफियाको कुरा गर्नु भएको छ , यस कुरामा म निशान जी संग सहमत छु । धन्यवाद नरेश जी अनि निशान जी लाई ...।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..