Wednesday, October 31, 2012

दशै


प्रेम वलि

 पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेकोथे
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने  पनि
जनकपुरको रेल झै
बिस्ताsssssरै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झै
ढकढकाट  आयौ
यदी आउने नै हो भने पनि, आउँदा
पोहरको जस्तो बोइलर कुखरा
र लोकल ठर्रा होइन
खसी बोकाको साथ
व्हुस्की र बियर  ल्याउनु
पोहरको जस्तो ऋण लगाउने होइन
आउँदा टन्न गाठ लिएर आउनु ।

परार जस्तो
फाटेको टोपी
अनी टालेको सुरुवाल होइन
सर्बहारा नेताले जस्तो
टाइसुट र बिदेसी बुट ल्याउनु
नेता फुटे पनि
पार्टी टुटे पनि
जनतामा सदा एकजुट ल्याउनु  ।

भोको पेटलाई  के थाहा संबिधान
सक्छौ भने यसपाली आउँदा
संबिधान भन्दा पनि
मिठो मसिनो मन्सुली धान ल्याउनु
बजार भाउ बढेर बिछ्ट्टै छ
सक्छौ भने
दसैं भरिलाई
सस्तो बजार भाउ ल्याउनु
तर आउँदा
काठमान्डौको सडक टालेको जस्तो
टाल टुले भएर नआउनु
लाउरेको जस्तो
ठुलै तामझाम लिएर आउनु ।

तिमीलाई सक्थे भने त
फलामे बार लगाएर छेक्थे
जाली तार लगाएर रोक्थे
अझ सक्थे भने त
तिमीलाई थुन्न चिडियाखाना  नै लग्थे
पैसा हुनेलाई तिमी
भोज र मोज गर्ने बहाना
पैसो नहुनेलाई तिमी
गरीबको घरमा बाबुराम पहुना
धनीले  अनुहार बिगारे पनि
कमसेकम गरीबले त ताली ठोक्थे ।

अब आइहाल्यौ आगनमा
सके खसी बोका
नसके ठुलो खसी भए पनि ल्याउनु
र यो पाली  ससुराल जादा
बस भाडा मात्र उठ्ने गरी होइन
खल्ती दरो हुने गरी छाउनु
बोइलरले वाक्क भएको छ ज्यान
खसी बोका नके पनि
कमसेकम लोकन कुखुरा त खोवाउनु ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..